जाजरकोटका भूकम्प पीडित सुत्केरी महिला तथा नवजात शिशुहरू चिसो बढेसँगै समस्यामा

 

काठमाडौँ । चिसो बढेसँगै जाजरकोटका भूकम्प पीडित सुत्केरी महिला तथा नवजात शिशुहरू समस्यामा पर्न थालेका छन् । भूकम्पले घर भत्काएपछि सुत्केरी तथा गर्भवती महिलाहरू खुला आकाश मुनि बस्न बाध्य छन् । भेरी नगरपालिकाको वडा नम्बर ३ स्याला तल्लो थाप्लाको चौरमा २ महिनाको नानी च्यापेर पालमुनि रात बिताउन विवश माया शाही बिहान उठ्दा आफ्नो र नवजात शिशुको टाउकोमा परेको सित ओभाउन घामको सहारा लिनुहुन्छ । भूकम्पले घर भत्किएपछि चौरमा बस्न विवश मायामा भत्केको घर उदिनेर न्यानो कपडा झिक्ने आँट छैन । गत सात गएको भूकम्पमा परि आफन्त बितेपछि उहाँका श्रीमान् गाउँ जानुभयो । माया सानो नानी लिएर एउटा पातलो कम्बल र पालको सहारामा बस्दै आएको बताउनुहुन्छ ।

माया मात्रै होइनन् तल्लो थाप्लामै १४ जना सुत्केरी महिलाहरू त्यसै गरी बसिरहेका छन् । भेरी, बारेकोट, नलगाड र कुशे गाउँपालिकामा मात्रै १३ सय ६० जना सुत्केरी र ८ सय १६ गर्भवती छन् । ती ठाउँहरूमा रहेका गर्भवती महिलाले खुला चौरमै बच्चा समेत जन्माएका छन् । चिसो मौसममा भरखरै जन्मेका नवजात शिशु तथा सुत्केरी र गर्भवतीलाई न्यानो कपडा र पोसिलो खानेकुरा अनिवार्य हुने गर्छ तर बसै भत्किएर आफन्त गुमाएका र त्रिपालमुनि रात कटाउँदै आएका उनीहरूले कमल र पालबाहेक अरू विशेष राहत पाएका छैनन् । चिसो बढेपछि आङ ढाक्ने न्यानो कपडा नहुँदा साना नानीहरुर्मा निमोनिया संक्रमण बढेको र सुत्केरी आमाहरूमा विभिन्न रोग देखिन सक्ने बताउनुहुन्छ स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डाक्टर प्रतीक्षा भारती । उहाँ चिसोकै कारण त्यस्ता महिलाहरूको मृत्युसमेत हुन सक्ने बताउँदै पोसिलो खाना र न्यानो कपडा आवश्यक पर्ने बताउनुहुन्छ । एकद्धार प्रणालीबाट राहत सामग्री आउँदा ढिला भएका कारण पनि उनीहरूले अहिलेसम्म विशेष राहत पाएका छैनन् ।

एक ठाउँबाट अर्को ठाउँमा जान यातायातको सुविधा नहुने भौगोलिक दुरावस्थाका कारण जाजरकोटका विभिन्न स्थानमा बसेका भुकप्प प्रभावित सुत्केरी गर्भवती र बालबालिकाका लागि विशेष राहत पुर्‍याउन कठिन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।स्थानीय तहहरूबाट आएको सूचना अनुसार विशेष प्राथमिकता दिनुपर्ने त्यस्ता महिलाहरूको तथ्याङ्क सङ्कलन कार्य भइरहेको र उनीहरूलाई विशेष प्राथमिकता दिने सोच रहेको जाजारकाका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा बताउनुहुन्छ ।

भूकम्प गएको दस दिन बितेको छ । आपतविपद्मा सबैभन्दा बढी जोखिममा पर्ने भनेकै महिला र बालबालिका हुन् त्यसमा पनि गर्भवती र सुत्केरी महिलाहरू शारीरिक रूपले कमजोर भएका बेला उनीहरू चिसोबाट हुने असर भोग्न त बाध्य छन् नै अरू विभिन्न खाले शारीरिक र मानसिक हिंसाबाट जोखिनु पनि चुनौती नै छ ।