खलपत्र कपडा खोलेर नाङ्गो नाच नाचिरहेको नेकपामा इमानदारीता भन्ने जिनिस कहाँ छ ?

झमकलाल बुढाथोकी संवाददाता
काठमाडौं । प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसदमाथिको कु बाँचुन्जेल शक्तिमा रहन चाहाने हुत्तिहाराको कदम भन्दै चितवनमा भएको विरोध सभामा बताइन् । उनले ओलीको खल चरित्र नै आजको प्रमुख समस्या रहेको आरोप लगाएकी छिन् । त्यस्तै सभामा सम्बोधनको क्रममा उनले कमेडीले देश नचल्ने देश चलाउन योग्यता चाहिने भन्दै ओली माथि आरोप लगाइन् । संसद विघटनपछि अहिले नेकपाका नेताहरु एक अर्कालाई हिलो छ्यापाछ्यापमा व्यस्त छन् । खरबौं भ्रष्ट्राचार गरेको ओली सरकार विरुद्ध पहिले नेकपाका नेताहरु मौन सम्मति जनाउँदै आएका थिए । अहिले दुबै पक्षले एक अर्काको पोल खोल्ने क्रम जारी छ । यसले नेकपाको कुनै पनि गुटमा नैतिकता र इमानदारीता भएका नेता नरहेको पुष्टि हुन आएको छ । नेकपाको आफैं धामी आफैं बोक्सी नीतिले देशको राजनैतिक अवस्था नाजुक बन्दै गएको छ ।आरोप प्रत्यारोपको सीलसीला जारी रहँदा धेरैले नेकपाको बचपना हर्कत माथि प्रश्न गरिरहेका छन् । के यस किसिमको मर्यादा उल्लङ्घन गर्नेबाट देशको भविष्य उज्वल रहला ? के नेकपा देशको नेतृत्व लिन सक्ने राजनैतिक शक्ति थियो ? यी यावत् प्रश्नहरु अनुत्तरित छन् ।