प्रतिनीधि सभा निर्वाचन गराउन ओलीको निर्वाचन आयोगलाई दवाव

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि मतदानस्थल एवं मतदान केन्द्र पुनः अवलोकनमा आधारित कार्यक्रम २०७७ प्रकासन गरेको छ । । ओली सरकार चुनावको तयारीको लागि लागिपरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनको अन्तिम नामावली प्रकासन गर्नुपूर्व नै सबै स्थान तथा कार्यविधि पुनः अवलोकन गर्नुपर्ने भएकाले अग्रिम तयारीको लागि नियमावली स्वीकृत एवं प्रकासन गरिएको जानकारी दिए । संसद विघटनकै दिन आगामी बैशाखमा चुनावको मिति राष्ट्रपतिले घोषणा गरेकी थिइन् । आयोगले अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु पनि सुरु भइसकेको जानकारी दिएको छ ।

पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुने पनि श्रेष्ठले बताएका छन् । । यो कार्र्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र रहने व्यहोरा पवक्ताले बताएका छन् । । प्रमुख जिल्ला अधिकारी संयोजक रहने सो समितिले छिटै मतदान स्थल र मतदान केन्द्रको निर्धारण गरी आयोगलाई जानकारी गराउनेछ । आयोगको विज्ञप्ति मार्फत सो कार्यमा सम्बद्ध सबैले आयोगलाई सगाउन समेत आह्वान छ ।

यसरी ओली सरकार एकलौटी रुपमा दलहरुसँग सहकार्य नगरी निर्वाचनको तयारीमा लागेको छ । यसलाई विज्ञहरुले मनोमानीको संज्ञा दिएका छन् । ओलीले शक्तिको दुरुपयोग गरी निर्वाचन आयोगलाई दवावमा राखेको आयोगकै कतिपय कर्मचारीले बताएका छन् ।