देवघाट माघेसंक्रान्ती मेला नहुने

काठमाडौं । हरेक वर्ष मनाईंदै आएको देवघाटको माघेसंक्रान्ती मेला यसवर्ष नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले जनाए अनुसार देवघाटको मेलामा करिब पाँँच लाख भत्तजन जम्मा हुने गर्दथे । कोभिडको कारण यस वर्ष मेला आयोजना नगरिने जानकारी तनहुँ जिल्ला प्रहरीले पनि दिएको छ । मेला आयोजना गर्दा स्वास्थ्य सर्तकता अपनाउन नसकिने हुँदा घरमा नै स्नान गरी यस वर्ष माघी मनाउन अनुरोध गरिएको छ । यद्यपि आफ्नो स्वास्थ्य सुरक्षा आफैं गरी स्नान गर्न चाहनेलाई भने नरोकिएको जिल्ला कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।भाइरस फैलिएर हुन सक्ने अपूरणीय मानवीय क्षतिलाई रोक्न माघे संक्रान्ती आयोजना गर्न नहुनेमा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित स्वामी आत्मानन्द गिरीजीले जोड दिनुभयो । देवघाट नेपालको पवित्र तीर्थस्थल हो ।