के शन्देश बोकी आए कम्बोडियाका विदेशमन्त्री ?

काठमाडौं । कम्बोडियाका विदेश तथा अन्तराष्ट्रिय सहयोग मामिलासम्बन्धी मन्त्री औच बेरिथले नेतृतव गरेको १५ सदस्यीय प्रतिनिधिहरुले कोरोना भाइरस निको पार्ने स्वास्थ्य सामाग्री लिएर हिजो काठमाडौं अवतरण गरे। विशेष विमानबाटआएको टोलीले साथमा ल्याएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिएको छ । उनीहरु सोमबार विमानस्थलमा अवतरण गरेका हुन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाली प्रधानमन्त्री केपी ओलीको मित्र हुन् । नेपाली प्रधानमन्त्रीले सहयोगै नमागी कम्बोडियाले सहयोग दिन लागेको बताएका थिए । कम्बोडिया नेपाल भन्दा पनि पिछडिएको मुलुक हो । कम्बोडियन सरकारले दिएको दुई चार गोली औषधिले नेपालले कस्तो खाले कोरोना नियन्त्रण गर्नेछ त्यो त हेर्नै बाँकी छ । विगतमा पनि नेपालमा सीमा विवादमा भारतसँग वार्ता गर्न ओलीले कम्बोडियालाई प्रयोग गरेका थिए । यसपटक पनि भारतले पठाएको विशेष शन्देशको पोको बोकेर औच बेरिथ नेपाल आएको हुन सक्ने विश्लेषकहरु बताउँछन् ।

विगत केहि समय अघिदेखि भारतले नेपाली राजनीतिमा दखल अन्दाज गर्दा कम्बोडियाबाट शन्देश बोकाउने गरेको तथ्य लुकेको छैन ।