कहाँ हराए विजय शाही ?

भाग्य न्यौपानेको युटुव च्यानल तात्तातो खबरबाट एका एक भाइरल भएका विजय शाही अहिले लापता छन् । रोबोट फिल्ममा चिटी रोबोटको जस्तै अद्भूत अध्ययन क्षमता भएका भनिएका विजय शाही अहिले मिडियाको विषयमा समेटिँदैनन् । कतिपय व्यक्तिहरुले उनको बारेमा अनर्गल प्रचार गरिदिए । विजय आफैंले पनि आफ्नो प्रतिभा यस्तो किसिमको हो भनेर प्रमाणित गर्नुभन्दा ठूलाठूला कुरा गरेर आफ्नो परिचय आफैंले धमिल्याए ।
आफ्नो प्रतिभालाई नासाले सम्मान गरिसकेको तर नेपालीहरुले बुझ्न नसकेको उनको तर्कमा कुनै दम रहेन जबकि नासा एउटा अन्तरिक्षको अध्ययन गर्ने संस्था हो । विजयले किताब पढ्ने विधि र प्रक्रियासँग नासाको कुनै पनि नाता रहँदैन । उनले सम्पूर्ण पत्रकार जगतले चाहे जसरी आफ्नो प्रतिभा प्रदर्शन गर्न सकेनन् बरु त्यसलाई आलेटाले गर्ने काम गरे । महानायकको घरको ढोका ढक्ढक्याउने , माग्ने बुढाको ढोका ढक्ढक्याउने सम्मको कार्यले उनको प्रतिभा माथि थप आशङ्का उत्पन्न गर्यो । आज उनी लाजले मुख छोपेर हिँडिँरहेका छन् ।
थोरै प्रतिभा भए पनि अनर्गल प्रचारले शाहीको मात्र करियर सकिएन आज उनलाई बाहिर ल्याउने भाग्य न्यौपानेको पनि करियरमा यही कारणले धक्का लागेको छ । विजय शाही आज पत्रकार सामु देखिन लजाउँछन् । सस्तो लोकप्रियताको लागि अपनाइने यस्तो क्रियाकलापले प्रतिभाहरुलाई असली रुपमा चिनाउन सक्दैन ।कुनै एउटा प्रतिभा फल्नु फुल्नु नराम्रो होइन तर बढी प्रशंसा र नचाँहिँदो हावादारी प्रचारले प्रतिभाहरु नाश हुन पुग्छन् । यस्ता स्टन्टहरुको पछि लागेर कोही पनि अभिभावकले आफ्नो सन्तानको भविष्य खतरामा पार्न हुन्न ।