टिकटक प्रतिबन्ध गर्ने निर्णयमा सर्वाेच्चमा परेका रिटमाथि आजबाट सुनवाइ प्रारम्भ

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।
अघिल्लो  मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।