विहिवार काठमाडौँमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प

 

काठमाडौँ। गएराति काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज (विहिवार) विहान करिव १ बजेर १९ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जनाएको छ ।