नेपाली कांग्रेसले सबै प्रदेशमा सम्मेलन गर्ने , लुम्बिनी प्रदेशको सम्मेलन मंसिर १६ र १७ मा

काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले अहिले पहिलोपटक प्रदेश संरचनाको सम्मेलन पनि गर्न लागेको छ। सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ ।

लुम्बिनी प्रदेश कार्यसमितिले सम्मेलन मंसिरको १६ र १७ गते केन्द्र बुटवलमा गर्न लागेको हो ।

सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरुलाई आमन्त्रण गरिएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सम्मेलनमा बोलाइएको छ ।
सम्मेलनमा आर्थिक, सांगठनिक, राजनीतिक प्रतिवेदन पेश हुने छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् ।पहिलो दिन उदघाटन र दोस्रो दिन बन्द सत्र हुने कार्यतालि रहेको छ