न्यायो कपडा नहुँदा मृत्युको मुखमा पुग्दै छन् भूकम्प पीडितहरु

मंसिरको शुरुवातदेखि नै चिसो बढ्दै गईरहेको छ । मंसिरको मध्यमा आईपुग्दा चिसो बढ्ने क्रम बढिरहेको छ । कार्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक महिना पुग्यो । तर जनतासँग खाना, नाना र छानाको व्यवस्था सरकारले गर्न सकेको छैन । उजाडिएको बस्तीमा राजनीतिक दल, विभिन्न गैरसरकारी संस्थाहरुले सेल्फी खिच्दै राहत वितरण गरिरहेको तस्वीरहरु सामाजिक सञ्जालमा राख्ने क्रम रोकिएको छैन ।

खुल्ला आकाशमुनि दुधे वालक च्यापेर छेवैमा दुईचारवटा कप्टेरामा आगो तापेर बसेकी महिलासँग सेल्फी खिच्दै सामाजिक सञ्जाल रंग्याउन तल्लीन अभियन्ताहरुका लर्को रुकुम पश्चिम र जाजरकोटमा छ । तर कतिपय सञ्चार माध्यमहरुले चिसोका कारण भूकम्प पीडितहरुको निधन भएको खवर प्रकाशित गरिरहेका छन् । तिनै सञ्चार माध्यमहरुले सरकार भएका अनुभूति भूकम्प पीडितले गर्न नसकेको र न्यायो कपडा नहुँदा भूकम्प पीडितहरु मृत्युको मुखमा पुग्नु परेको हो भन्न सकिरहेका छ्रैनन ।

चिसो प्रांकृतिक नियम हो । चिसोबाट बच्नका लागि न्यायो कपडा, भूकम्पले उजाड बनाएका बस्तीलाई त्रिपालसँग चिसोबाट बच्ने बस्तुहरु राज्यले व्यवस्था गर्नु पर्ने थियो तर अहिलेसम्म भएको देखिँदैन । सरकार हाँक्ने प्रधानमन्त्री वन ध्यस्त पार्दै कोपमा भाषण छाँटिरहेको छन् । अधिकांश मन्त्रीहरु विदेश भ्रमणमा छन् । नीति निर्माण गर्ने सचिवहरु आआफ्नै स्वार्थ अनुकुल दौडिरहेका छन् । अनि श्रोत र साधनको अभाव विना केही सुरक्षाकर्मीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाएर के होला र ?

सरकार सत्ताको भागबण्डा गर्दै गरौंला अहिले उजाड बस्तिमा चिसो आकाशमुनि बसेका जनतालाई न्यायो कपडाको व्यवस्था गरेर जनताको ज्यान जोगाउनका लाग्ने कि ?