कुलमान घिसिङको निर्णय विरुद्ध उद्योगीहरु एकजुट

काठमाडौं । नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णय विरुद्ध उद्योगीहरु एकजुट भएका छन् । घिसिङको निर्देशनमा प्राधिकरणले केहीदिन यता लगातार उद्योगहरुको व्दिुत लाइन काटिरहेको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा प्राधिकरणले लगातार लाइन काट्न थालेपछि उद्योगीहरु एकजुट बनेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरू आफ्नो धारणा सार्वजनिक गर्न भन्दै आयतबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दैछन् । १२ बजे एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुले आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् । यसको अगुवाई नेपाल उद्योग परिसंघले लिएको छ ।