किन बढ्दै छ हत्या पछि आत्महत्या ?

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

उनीहरुलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ। उक्त घरभन्दा केही पर झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन्।

ती पुरुष पनि इश्वरीकै श्रीमान् भएको आशंका गरिएको छ। श्रीमती सहित दुई छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।