यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्था डीडीसी का महाप्रबन्धक सञ्जीव झालाई दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा सङ्गठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही छन् ।

संगठनको कास्की जिल्ला संयोजक समेत रहेका शुकबहादुरलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका प्रहरी स्रोतले जानकारी लिएको छ ।

प्रहरीका अनुसार, शुकबहादुर २९ माघमा भएको यातायात विभागका महानिर्देशक रिजाल र ४ फागुनमा डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न छन् । विकल्प उपनाम भएका शाही भने डीडीसीको घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।