‘कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले जनताका समस्याको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताए।

उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए। व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठे पनि सरकारले नसुनेको बताए । उनले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताए । उनले सरकार र राजनीतिक दलको काम के हो भनी प्रश्न गरे । सरकारले समसामयिक विषयहरुको सबैको जवाफ दिनुपर्ने बताएका छन् ।