काठमाडौँ । सहसचिव झलकराम अधिकारीलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेको छ । ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । त्यसपछि अधिकारी नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा रहेका थिए ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको बताइएको छ ।
Add Comment