मन्त्रालय हिजो जसरी नचल्ने भन्दै गृहमन्त्रीले दिए सिडियोहरुलाई निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय हिजोको जस्तो अवस्थामा नचल्ने र फरक ढंगले अगाडि बढ्ने भन्दै देशैभरका सिडियोहरुलाई निर्देशन तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले हिजो भन्दा फरक ढंगले अगाडि बढाउने जुन निर्देशन दिएका छन् त्यसले केही परिवर्तन त ल्याउँला तर कस्तो परिवर्तन ल्याउँछ ठ्याक्कै भन्न भने सकिँदैन ।
विगत केही वर्षयता गृहमन्त्रीले भने जस्तो गुण्डागर्दीको कमी भएपनि तस्करी भने मौलाउँदै गएको छ । सुन तस्करीको अहिले चर्चा चलेको भएपनि रक्त चन्दन तस्करीको कुरा उठ्न छाडेको छ । मानव तस्करको जालो अझै फस्टाउन थालेको देखिन्छ । यो अवस्थामा गृहमन्त्रीको निर्देशकन कार्यान्वयमा कत्तिको आउँछ त्यो पनि समयले नै देखाउँला । अहिले नै यसै भन्न सकिँदैन ।