काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराधमा संलग्न कसैलाई पनि नछाड्न सिडियोहरुलाई निर्देशन दिएको २४ घण्टा पनि नपुग्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो । पुन पक्राउ भएपनि सामाजिक सञ्जालमा छाएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Add Comment