पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ प्रतिलिटर घट्यो

काठमाडौ । नेपाल आयल निगमले आज शुक्रबार राती १२ बजे पछि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ र डिजेलमा प्रति लिटर २ रुपैया मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट स्वचालित मूल्य अनुरुप घटाएर पठाएका कारण आयल निगमले मूल्य घटाएको सूचना सार्वजनिक गरेको छ ।