संसदमा कांग्रेस : गृहमन्त्री रविको राजीनामा माग, आरजुको चाहिँ ?

काठमाडौँ । सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस बाम गठवन्धनमा मिसिएको स्वतन्त्र पार्टीका सभापति उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध एकोहोरो हठमा लागिरहेको छ । संसदको वैठकमा नेपाली कांग्रेसका सांसदहरु संसद नै अवरुद्ध गरी सहकारी ठगीमा संलग्न भएको भन्दै लामिछानेको राजीनामा माग गरिरहेको छ ।
सत्तामा पुग्नका लागि विचार र सिद्धान्त नमिल्ने नेकपा माओवादीसँग काँध जोड्न पुगेको नेपाली कांग्रेस कम्युनिष्टहरुको एकतापछि बनेको नयाँ सरकारमा गृह मन्त्री बनेका लामिछाने विरुद्ध एकोहोरो राजीनामा हठ गरिरहँदा मानव तस्करमा सलग्न आरोप लागेकी पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजुका बीचमा भने मौन छ ।

साँच्चै नै कुनै पनि अपराधमा संलग्न सांसदलाई पदमा बसिरहुनको औचित्य हुँदैन नैतिकता भएदेखि । तर नेपाली राजनीतिमा नैतिकता भन्ने नै छैन । त्यसकारण पनि नेपाली राजनीति निकै नै गन्हाएको छ । त्यही गन्हाएको राजनीतिका कारण सफा पार्न राजनीतिमा होमिएका लामिछानेहरु पनि गन्हाउने पोखरीमा पौडी खेल्न पुगेका छन् ।

नेपाली कांग्रेसले आफूलाई समुद्रको पानी भएको बेला बेला चर्चा गर्ने गर्दछ तर समुद्र जस्तै चोखो हुन भने सकेको देखिँदैन । संसदमा रवि लामिछाने विरुद्ध कोकोहोलो मच्चाउने कांग्रेसले रविको राजीनामा संगै आरजु देउवा राणालाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका कारण संसदको पदबाट नै हटाउन कुनै कांग्रेसका सांसदहरुले ससदको रोष्टम घेर्ने आँट गर्लान् ?

सत्ता फेरवदलका समयमा रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा सञ्चार माध्यमहरुमा नआएका होइनन् । नेपाली कांग्रेसले पनि रास्वपा कम्युनिष्टहरुको विचार भन्दा फरक धारमा रहेकाले उसकै नेतृत्वमा सरकार बनाउने आफूहरु तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर अहिले किन रविको राजीनामा मागिरहेका छन् भन्ने प्रश्न उठिरहेको छ ।

एकातिर कांग्रेसले रविको राजीनामा मागिरहँदा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछानेले काँग्रेस दूधले नुहाएका पाटी नभएको टिप्पणी गर्नु भन्दा भ्रष्टाचार एवं अन्य अपराध प्रकरणमा मुछिएकालाई कानूनी दायरमा ल्याउने आँट गर्न सक्नु पर्छ ।

कांग्रेस त सत्ताको प्यासमा छट्पटिएका बेला उसले आफूलाई सहयोग नगरी गन्हाउने पोखरीमा पौडि खेल्न पुगेका रविको राजीनामा माग्दै संसद अवरोध गर्नुलाई नौलो मान्नुको कुर्न अर्थ छैन । रवि आफै पनि सहकारी प्रकरणमा आफू निर्दोष सावित नभएका सत्ताको रसमा डुब्नु भन्दा प्रतिपक्षमा बसेर सरकारका माथि खवरदारी गर्ने हैसियत राख्नु पर्दथ्यो तर रास्वपाले आफ्नै बोलीलाई तिलाञ्जली दिएको छ ।