भाग्यमानीको ‘भुतै कमारो’ समावादी छाड्ने वित्तिकै पूर्वाधार मन्त्री बने मनाङे

काठमाडौं । नेपालीमा एउटा उखान छ, भाग्यमानीको भुतै कमारो । यो उखान अहिले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेलाई पनि मिल्छ । भाग्यमा भएपनि मन्त्री पद चुट्कीका भर भने जस्तै । अघिल्लो गण्डकी प्रदेशको मन्त्रीपरिषद्मा समाजवादी पार्टीमा प्रवेश गरेका मनाङे अहिले फेरि सरकार परिवर्तनसँग समाजवादी पार्टी छाडेर भौतिक पूर्वाधार मन्त्री बन्न सफल भएका छन । मनाङबाट प्रदेश सांसदमा स्वतन्त्र निर्वाचित भएका मनाङेलाई नेकपा समाजवादीले आफ्नो पार्टीमा भव्य स्वागत गर्दै गण्डकी प्रदेशको मन्त्री बनाएको थियो ।
अहिले गण्डकी प्रदेशमा सरकार परिवर्तन भएपनि मनाङको मन्त्रीपद पनि गएका थियो । मन्त्रीको पदसँग उनले समाजवादी पार्टीलाई पनि छाडि दिए त्यसकै फलस्वरुप आजै भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।
सरकार फेर्ने क्रममा अहिले मनाङेलाई दुवै हातमा लड्डु भने जस्तै भएको छ । मुख्य मन्त्री सुरेन्द्र पाण्डेलाई उनलाई कांग्रेसमा प्रवेश गराउने शर्तसहित मन्त्री दिएका छन् । केही दिनमै सत्ता उलटपुलट भयो भने मनाङे फेरि अर्को पार्टीमा गएर फेरि मन्त्री बन्ने छन् ।