पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ, भैरहवाबाट सिआईवी कार्यालय ल्याईयो

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका सत्ताको नेतृत्व लिईरहेको नेकपा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ । महरालाई भैरहवाबाट सिँधै सिआवी कार्यालय पु¥याइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए । उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । महारा ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।