जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैनः स्वास्थ्यमन्त्री यादव

काठमाडौं । जनताको अपेक्षा अनुसारको स्वास्थ्य उपचार दिन नसकेको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले खुलासा गरेका छन् । चितवन स्थित भरतपुर अस्पतालको अनुगमन गर्ने क्रममा उनले सो खुलासा गरेका हुन् । विरामीहरुको सेवामा निकै नै कमी भएको उनले दावी नै गरेका थिए । “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।

” स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको बताउँदै स्वास्थ्य मन्त्री यादवले जनताको आवश्यकता धेरै भएको भन्दै ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको आश्वासन दिए थिए ।