के मुडभेडमा जाँदै छ मुलुक ?

जनकपुरधाम । आम हड्तालका कारण आज जनकपुरको जनजीवन दिनभर प्रभावित बन्यो।

आन्दोलना उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूह र प्रहरीबिच भिडन्त नै भयो।

यसले मुलुक गम्भीर मुडभेडमा जाने तयारीमा रहेको देखाएको छ । मुलुकको यो अवस्थाले निकै जनताले टाउको फुटाउने घटनाहरु घट्न सक्ने देखिएको छ ।

जनकपु्मा त्यस्तो भिडन्तको डरलाग्दो घटना घटिसकेको छ ।

त्यसको उदाहरण हुन् रामचन्द्र झा।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेका झा प्रहरीबाट घाइते भए। घाइते हुनेहरुमा अरु पनि थिए। तर, उनको चोट सबैभन्दा गहिरो छ । उनको अवस्था गम्भीर रहेको डाक्टरहरुले बताएका छन् ।

ताजा अपडेट