रविलाई समाउने आँट सरकारसँग छैन

काठमाडौं । आफू अनुकूल नभए सत्तामा बस्नेहरुले जे पनि गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण हो रवि लामिछानेलाई पक्राउ पूर्जिको चर्चा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी गरिरहँदा पनि उनलाई सरकारले पक्राउ गर्ने वा आज हो कि भोली भन्ने चर्चाले नै नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल रंगिन थालेका छन् ।

रवि लामिछानले भने गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको अभिव्यक्ति पनि दिईरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।

त्यसो भए सक्छ सरकारले रवि लामिछानेलाई कार्वाही गर्न ? आँट छ त वर्तमान गठवन्धन सरकारको ? त्यो अाँट सरकारसँग छैन । किन भने सहकारी ठगी प्रकरणमा जोडिएकी गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र शिव शिखर बहुउद्देश्यीय सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले सहकारी विकास बोर्डको सदस्य नियुक्त गरेको छ ।

आरजु राणाको निर्देशनमा सगितालाई बोर्डमा नियुक्ति गरेको छ । तर सहकारी ठगी प्रकरणमा संलग्न हुँदै नभएको रविमाथि किन एकोहोरो प्रहार भईरहेको छ भन्ने धेरेको गुनासो पनि छ । सरकारले सक्ने हो भने रविका समर्थको भीड देखेर पछाडि हट्ने होइन कानून बमोजि समाएर थुन्न सक्ने हैसियत सरकारसँग छैन । सरकारले साँच्चै नै थुन्नु पर्ने संगितालाई बोर्डकै सदस्य नियुक्त गरेको छ । त्यसकारण पनि सरकारसँग आँट छैन ।