फ्लोलिकल्चर एशोसिएनसका निर्वाचित पदाधिकारीहरुको पद गयो, जिल्ला प्रशासनले बनाईदियो तदर्थ समिति

काठमाडौं । पुष्प व्यवसायमा संलग्नहरुको पुरानो संस्था फ्लोलिकल्चर एशोसिएसन नेपाल (फ्यान) को गत महिना भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरु जिम्मेवारीबाट मुक्त भएका छन् । एशोसिएनको निर्वाचनमा धाँधली र फर्जी मत खसालेर निर्वाचन गरेको उजुरी परेपछि काठमाडों जिल्ला प्रशासन कार्यालयले निर्वाचित पदाधिकारीहरुलाई हटाईदिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचित पदाधिकारीहरुलाई हटाएर सुरेन्द्र भक्त श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन समेत गरिदिएको छ ।

पटक पटक विवादमा आईरहने फ्लोलिकल्चर एशोसिएसन नेपाल (फ्यान) गत वर्ष विभाजित भएको थियो । एशोसिएन फुटेर विगतमा जिम्मेवार पदमा रहेकाहरुले अर्को सस्था नर्सरी व्यवसायी संघ (नान) स्थापना गरेका थिए । यी दुवै संस्थाले जुनसुकै काम गर्दा पनि एकले अर्काको कार्यक्रम जुधाएर गर्ने गरेका छन् । तिहार लक्षित पुष्प मेला गर्दे आईरेको एक सस्थाले जावालाखेलमा र अर्को संस्थाले भृकुटीमण्डपमा पुष्प प्रर्दशनी गरेको थियो ।
अहिले यिनी दुई संस्थाको लडाँईका कारण तिहारमामा हुने पुष्प व्यवसायमा निकै असर पर्ने देखिएको छ । भारत लगायत छिमेकी राष्ट्रबाट आयात गरिएको फूल प्रशासनको सहयोगका नियन्त्रणमा लिने देखि मन्त्रालयमा फरक फरक एजेण्डा वोकेर व्यक्तिगत स्वार्थमा लागेको देखिन्छ ।
हुन त फ्लोलिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पुष्प व्यवसया प्रवद्र्धन गर्नका लागि हरेक वर्ष ५ करोडका दरले लिएको करीव २५ करोडको अनुदान रकमको हिसाव अझै मिलेको छैन । मन्त्रालयको केही उच्च कर्मचारीहरुसँगको मिलेमतोमा नक्कली विल खडा गरेर महालेखाले निकालेको बेरुजुलाई मिलाउने प्रयास भएको देखिन्छ ।
पुष्प व्यवसायको विकास, आयात प्रतिस्थापन गरी विशुद्ध फूल व्यवसायीहरुको हक हितका लागि भन्दै एउटा इतिहास वोकेको फ्लोलिकल्चर एशोसिएसन नेपाल (फ्यान) पदाधिकारीहरुको व्यक्तिगत स्वार्थका कारण अहिले विवाद र उल्झनका अड्किएको छ ।