कात्तिक । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई नेपाल प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने सहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइए पछि पोखरामा रास्वपाका कार्यकर्ताहरुको निकै नै भिड जम्मा भएको छ ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ ।
लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
Add Comment