धनगढीमाई नगरपालिकामा औषधि खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि ९मैतीदेवी, काठमाडौं० र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ। नेपाल सरकारको सस्शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ।

आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो।

ताजा अपडेट