गोरखाको लिगलिगे साइकल दौड, उपाधि जित्ने मल्लले कति मिनेटमा पार गरे त ?

गोरखा । लिगलिगे साइकल दौडको उपाधि एपिएफका लक्ष्मण मल्लले जितेका छन् ।

५२.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै धादिङ घर भएका मल्ल साइकल दौड प्रतियोगितामा प्रथम बने ।

दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हिमाल टमटा दोस्रो बने ।

उक्त दौडमा वकेसराज व्रजाचार्य तेस्रो बने । उनले निर्धारित साइकल यात्रा दुई घण्टा ३६ मिनेट ५६ पार गरे । खुला साइकल दौडमा १६ महिला र ६२ पुरुषले भाग लिएका थिए ।