लुरे र काँतर प्रमले जनताको सुरक्षा दिन सक्तैनन्ः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई काँतर प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मङ्गलवार सर्लाहीको धनकौल बजारमा पार्टीद्वारा आयोजित आम सभामा गगनले प्रधानमन्त्री काँतर र लुरे भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ ? ’ थापाले प्रश्न गरे । उनले सो क्रममा प्रमलाई लुरे भन्दै गगनले त्यस्तो प्रधानमन्त्री नचाहिएको समेत बताए ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री त डरले थुरथुर हुन्छने भने जनताको ज्यान जोगाउन कसरी सक्छन् थापाले प्रश्न तेस्र्याए । ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने बताएकाले गगनले यसरी गर्जिएका हुन् ।

साथै गगनले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गरेर ओलीका गलत हर्कतहरुलाई साथ दिइरहेको आरेप समेत साँधेका छन् । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्न नहुने तर्क राखेका छन् ।