‘काठमाडौं मेयर कप’ क्रिकेटमा काठमाडौं एघार टिमको कप्तानीमा लामिछाने

काठमाडौं । सन्दीप लामिछानेले ‘काठमाडौं मेयर कप’ क्रिकेटमा काठमाडौं एघार टिमको कप्तानी गर्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं एघार टिमको कप्तानको जिम्मेवारी सन्दीपलाई दिएको जानकारी दिए।

पाकिस्तान सुपर लिग स्थगित भएपछि सन्दीपले शनिबारदेखि सुरु हुने ‘काठमाडौं मेयर कप’ क्रिकेट खेल्न लागेका हुन्।

क्यान सचिव अशोकनाथ प्याकुरेलले सन्दीपले कप्तानी गर्ने पुष्टी गरेका हुन्।