साहित्यकार रमण घिमिरेलाई कुमार–सरस्वती साहित्य पुरस्कार

 

काठमाडौं । वासु शशी स्मृति परिषद्ले साहित्यकार रमण घिमिरेलाई कुमार–सरस्वती साहित्य पुरस्कार–२०७७ प्रदान गर्ने निर्णय गरेको छ।

साहित्यकार घिमिरेले विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।

उनका ‘एक दर्जन एक’ अर्थात् हामी र सूत्रधार नामक निबन्ध सङ्ग्रह प्रकाशित छन् भने दुई सय भन्दा बढी गीतहरू रेकर्ड भएका छन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार घिमिरेलाई सर्वसम्मतिले पुरस्कृत गर्ने निर्णय गरेको हो।

उक्त पुरस्कारको राशि रू २५ हजार रहेको छ ।