काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले १३औँ वार्षिक पाकिस्तान राजदूत निबन्ध लेखन प्रतियोगिता तथा ९औँ वार्षिक पाकिस्तान राजदूत वक्तृत्व प्रतियोगिता–२०२६ का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।
यस वर्ष पाकिस्तानका संस्थापक क्वाइद-ए-आज़म मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसर पारेर “संवैधानिक माध्यममार्फत पाकिस्तानको मागलाई मूलधारमा ल्याउन क्वाइद(ए(आज़म मोहम्मद अली जिन्नाहको भूमिका” विषयमा निबन्ध प्रतियोगिताको गरिएको थियो ।
प्रतियोगितामा काठमाडौंस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, चाँदबाग स्कूलका दक्षेश घिमिरे द्वितीय तथा प्राञ्जली वर्ल्ड स्कूलका नितिन थापा तृतीय भएका थिए। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। यसबाहेक उत्कृष्ट १२ अन्य विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको दूतावासले जनाएको छ।
त्यसैगरी वक्तृत्व प्रतियोगितामा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरूले “के कृत्रिम बुद्धिमत्ता ९एआई० ले पुस्तकालयलाई विस्थापित गर्नेछरु” विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा रिलायन्स कलेजकी विश्वकला नेपाल प्रथम, नेशनल ल कलेजका छिरिङ तामाङ द्वितीय तथा सेन्ट जेभियर्स कलेज, मैतीदेवीका विप्युम चौलागाईं तृतीय भएका थिए। उनीहरूलाई पनि प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। अन्य १२ सहभागी विद्यार्थीलाई समेत प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ।
दुई सातासम्म चरणबद्ध रूपमा सञ्चालन गरिएको प्रतियोगितामा देशभरका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन मन्तव्यका क्रममा राजदूत अबरार एच हाश्मीले महत्त्वपूर्ण विषयमा विद्यार्थीहरूले प्रस्तुत गरेको आलोचनात्मक सोचको प्रशंसा गरे। उनले संवैधानिक प्रयास तथा पाकिस्तान स्थापनामा क्वाइद(ए(आज़मको योगदानबारे विद्यार्थीहरूले गरेको अध्ययनले युवापुस्ताबीच समझदारी बढाउने र नेपाल–पाकिस्तान सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।
दूतावासका अनुसार यी प्रतियोगिताहरू क्रमशः १३ र ९ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएका छन् र नेपालका युवामाझ लोकप्रिय कार्यक्रमका रूपमा स्थापित भएका छन्।


Add Comment