छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटकपटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो ।

छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिना अघि भारत फरार भएका थिए ।

तीन महिनापछि घर फर्किएका बुवालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटकपटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।