कोमल ओलीले रघुजी पन्त विरुद्ध गरिन् मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कोमल वलीले साविक नेकपाका नेता रघुजी पन्तविरुद्ध भद्दा टिप्पणी गरेको भन्दै मुद्दा दर्ता गरेकी छिन् ।
काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएकी हुन्। पन्त र वली दुवै नेकपाका नेता हुन् ।

पन्तले केही दिनअघि भाषण गर्ने क्रममा लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले अवसर नपाएको तर वली पिडुँला देखाउँदै पोइल जान पाम भनेका भरमा सांसद बनेको भद्दा टिप्पणी गरेका थिए । सोही सन्दर्भमा ओलीले मुद्दा दर्ता गरेकी हुन् ।