रोहित सुचान्ती खेल्ने भनिएको ‘तिमीसँगै हुने मन छ’ मा नाजिर हुसेन पनि हुने

काठमाडौं । फिल्म ‘तिमीसँगै हुने मन छ’ मा नायक नाजिर हुसेनलाई अनुबन्धन गरिएको छ । सो फिल्ममा भारतीय कलाकार रोहित सुचान्तीले पनि अभिनय गर्ने भनिएको छ । हालै प्राप्त सूचना अनुसार फिल्ममा नाजिर पनि थपिएका हुन्। फिल्ममा नायिकाको भूमिकामा दीपिका प्रसाईं अनुबन्धित छिन्। यो फिल्म ओम नमः शिवाय प्रोडक्सनले तयार गर्न लागेको हो ।