इक्वेटोरियल गिनीमा भएको एक बम विष्फोटमा ९० भन्दा माथिको ज्यान गयो

काठमाडौं। सेन्ट्रल अफ्रिकी देश इक्वेटोरियल गिनीमा भएको एक बम विष्फोटमा परी ९० भन्दा माथिको ज्यान गएको छ । विष्फोटमा ६ सयभन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ । त्यस्तै २९९ जना अहिले अस्पतालमा रहेका पनि समाचारमा जनाइएको छ ।

भूमध्यरेखीय देश इक्वेटोरियल गिनीको प्रमुख शहर बाटामा एक सैन्य ब्यारेकको नजिक सिरिलीय ब्लाष्ट भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्लाष्ट सैनिक ब्यारेकमा राखिएको डाइनामाइट भण्डारणमा भएको लापरवाहीले भएको बताइएको छ । राष्ट्रपति तियोदोरो गुएमाले ब्लाष्टबाट शहरका लगभग सबै घर प्रभावित भएको बताएका छन् । ब्लाष्टपछि पुरै शहरमा धुँवाले ढाकेको बताइएको छ ।