एफआईएएफबाट सम्मानित भए बच्चन

काठमाडाैं ।  बलिउड अभिनेता अमिताभ बच्चनलाई अन्तर्राष्ट्रिय फिल्म अभिलेख (एफआईएएफ)बाट सम्मानित गरिएकाे छ। शुक्रबार उनलाई एफआईएएफबाट सम्मानित गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म संरक्षण कार्यलाई प्रबर्द्धन गरेकोमा उनलाई एफआईएएफबाट सम्मानित गरिएको हो। अमिताभ यो पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्।
सन् २०१५ देखि अमिताभ पुरानो फिल्मको संरक्षणमा लागेका थिए। उनले करिव  ७० पुरानो फिल्म रिस्टोर गरेको बताइएको छ।
यसअगाडि  एफआईएएफ पुरस्कार मार्टिन स्कोर्से (२००१), मनोएल डी ओलिभिरा (२००२), इन्गमार बर्गम्यान (२०० 2003), गेराल्डिन चैपलिन (२००४), माइक लेह (२००५), हौसियो-सायन (२००६), पिटर बोग्डानोविच (२००७), जीन पियरे र लुक डर्डन (२०१6), क्रिस्टोफर नोलन (२०१७), एपिचटपोन्ग विरसेटकुल (२०१८), जीन लुक गोडार्ड (२०१९) र वाल्टर सेल्स (२०२०)ले पाइसकेका छन्।