मलामी जाँदा पनि २५ जनामात्रै जान निर्देशन

काठमाडाैं । सरकारले  मलामी जाँदा पनि २५ जनामात्रै जान निर्देशन दिएकाे छ ।

सरकारले मलामीमा २५ जनामात्रै सहभागी हुन निर्देश गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बताए ।

काेराेना संक्रमण दर बढ्दै गएकाले सम्बन्धित परिवारले २५ जनाभन्दा बढी मलामी नहुनेगरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अन्त्येष्टि गर्न सरकारले निर्देशन दिएकाे हाे ।