उपत्यकामा लकडाउन गर्ने कि नगर्ने भन्दै सिडियाेहरूकाे बैठक

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लकडाउन गर्नेकि अन्य कुनै तरिकाले कडाइ गर्ने भन्ने विषयमा तीने जिल्लाका सीडीओबीच छलफल हुने बताए। ‘संक्रमण बढ्दो छ। हामी गृहमन्त्रालयसँग रायका आधारमा आगामी कदम अगाडि बढाउने छौं। बैठकमा लकडाउनका विषयमा पनि छलफल हुने छ’, उनले भने।

भीडभाड हुने क्षेत्र र यातायातका क्षेत्रमा भने कडाइ गरिने उनले बताए। उनले आजदेखि काठमाडौं प्रशासनले अत्यावसेक बाहेकका काममा रोक लगाइएको बताए। कोभिड १९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।