जन्ती बाेकेकाे जीप दुर्घटना, बेहुलाबेहुलीसहित १२ जना घाइते

सुदूरपश्चिम प्रदेशकाे बैतडीमा जन्ती बाेकेकाे जीप दुर्घटना भएकाे छ।

कञ्चनपुरबाट जन्ती बोकेर बैतडी फर्कँदै गरेकाे सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेकाे हाे।

जीप दुर्घटनामा बेहुलाबेहुलीसहित १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किशोर ऐरीका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ।