काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा पाँच सय सङ्क्रमित नाघेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले बाँकेमा सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ । रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु गरिसकेको छ । उपत्यकाको तीन जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी)को संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।
Add Comment