१८ शय्याको कोभिड वार्ड विस्तार गर्दै वीर

काठमाडाैं । वीर अस्पतालले कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण कोभिड वार्ड विस्तार गर्ने भएकाे छ ।

हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न नसक्रने भएका कारण अस्पतालले कोभिड वार्ड विस्तार गर्न लागेको बताइएकाे छ ।

अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए अनुसार १८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने भएकाे हाे ।

अस्पताललाई बिरामीको चाप दैनिक बढ्न थालेपछि व्यवस्थापन गर्न समस्या समस्या भएको छ।