काठमाडौं महानगरपालिकाद्वारा कोभिड अस्पताल खोल्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड अस्पताल खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाको ६१ औं कार्यपालिका वैठकले अस्पताल खोल्नका लागि अध्ययन समिति गठन गरेसँग काठमाडौ महानगरपालिकालाई कोभिड अस्पताल खोल्नका लागि बाटो खुलेको छ ।

सोमबार बसेको महानगरपालिकाका ६१ औं कार्यपालिका बैठकमा कोभिड १९ न्युनिकरण र व्यवस्थापन गर्ने विषयमा भएको छलफलमा सुविधा सम्पन्न आइसोलेसन र कोभिड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी सदस्य छन् ।

समिति गठनपछि बैठकका अध्यक्षका अध्यक्ष एवम् प्रमुख शाक्यले गएको वर्षभन्दा यसपटक अवस्था फरक भएको बताए ।