मंगलबार एकैदिन कोरोनाबाट ज्यान गुमाउनेको ५५ पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ भने संक्रमितहरुको संख्या ७ हजार ६ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।