३७ जिल्लामा पूर्ण निषेधाज्ञा, १४ जिल्लामा आंशिक

काठमाडौं । गृह मन्त्रालयले जारी गरेको एक  सूचना अनुसार निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ५१ पुगेको बताइएकाे छ ।   ५१ जिल्लामध्ये ३७ जिल्लामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको मन्त्रालयले जनाएकाे छ । त्यसैगरी १४ जिल्लामा भने सामान्य किसिमकाे निषेधाज्ञा गरिएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

काेराेनाकाे जाेखिम बढ्दै गएपछि निषेधाज्ञाकाे विकल्प नभएकाे पनि मन्त्रालयले जनाएकाे छ । हिजोसम्म ४६ जिल्लामा निषेधाज्ञा कायम गरिएको थियो ।  आज पाँच जिल्ला पनि थपिएपछि अब निषेधाज्ञा जारी गरिएकाे जिल्ला ५१ पुगेको हाे । काठमाडौँ उपत्यकाका तीन जिल्लामा  जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ। अन्य जिल्लामा पनि निषेधाज्ञाकाे क्रम जारी रहेकाे छ ।

उपचार गरेर निकाे भएर घर फर्किनेहरूकाे स्ंख्या बढे पनि मृतक र संक्रमित हुनेकाे संख्या बढेकेाेले यसाे गर्नुपरेकाे गृहले जनाएकाे छ ।