काठमाडौं । गृह मन्त्रालयले जारी गरेको एक सूचना अनुसार निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ५१ पुगेको बताइएकाे छ । ५१ जिल्लामध्ये ३७ जिल्लामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको मन्त्रालयले जनाएकाे छ । त्यसैगरी १४ जिल्लामा भने सामान्य किसिमकाे निषेधाज्ञा गरिएकाे पनि मन्त्रालयले जनाएकाे छ ।
काेराेनाकाे जाेखिम बढ्दै गएपछि निषेधाज्ञाकाे विकल्प नभएकाे पनि मन्त्रालयले जनाएकाे छ । हिजोसम्म ४६ जिल्लामा निषेधाज्ञा कायम गरिएको थियो । आज पाँच जिल्ला पनि थपिएपछि अब निषेधाज्ञा जारी गरिएकाे जिल्ला ५१ पुगेको हाे । काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ। अन्य जिल्लामा पनि निषेधाज्ञाकाे क्रम जारी रहेकाे छ ।
Add Comment