सामूहिक दाहसंस्कारका तस्बिरहरु छाप्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुन्छ : काउन्सिल

काठमाडाैं । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कारका तस्बिरहरु छापामा छाप्ने काम बन्द गरिदिन अनुराेध गरेकाे छ । काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ताे काम निन्दनीय भएकाे समेत बताएकाे छ ।

काेराेना जाेखिमसँग लडिरहेकाहरूकाे यसले मनाेबल खसाल्ने काम हुने भएकाले यसाे नगरिदिन काउन्सिलले सबैकाे ध्यानकर्षण गराएकाे हाे ।

काउन्सिलले संवेदनशील  घडीमा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई सावधानी अपनाउन भनेकाे छ । यसरी मृतककाे तस्बिर सार्वजनिक गर्दा  काउन्सिलले गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने पनि बताएकाे छ ।