२६ सांसदहरूमा पनि काेराेना संक्रमण

काठमाडाैं । प्रतिनिधिसभा बैठकअघि २२, २३ र २४ वैशाखमा गरिएको पिसिआर परीक्षणमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना पजेटिभ देखिएको छ ।  त्यसैगरी व्यक्तिगत रूपमा परीक्षण गरेका आठ सांसदमा पनि कोरोना पजेटिभ रहेको संसद् सचिवालयले जनाएकाे  छ । यसले २६ जना सांसदमा काेराेना पाेजेटिभ देखाउँछ ।

संसद् सचिवालयले  दिएको जानकारीमा पनि २६ प्रतिनिधिसभा सांसदलाई कोरोना संक्रमण भएको  जनाइएकाे छ ।एक हजार तीन सय ३४ जनाको स्वाब संकलन गरेकोमा १६० जनाको रिपोर्ट पाेजेटिभ आएको सचिवालयको भनाइ छ । प्रतिनिसभाको बैठकअघि सांसद, संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसिसीका कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो ।