दिनभर नेताकाे ढाेका चाहारेर अन्तिममा जसपा नेताद्वय भारतीय दूतावासमा

काठमाडाैं । बिहानैबाट भेटघाटमा समय बिताएका  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लैनचौरमा रहेको भारतीय दूतावास पनि पुगेका छन्। बिहान नेताद्वय देउवा निवास पुगेका थिए । लगत्तै उनीहरू बाबुवाटार पुगे । त्यसपछि दिउँसाे भारतीय दुतावास ।

आइतबार विहानै बाट राजनीतिक भेटघाट तिव्र बनाएका जसपा नेताहरु दूतावास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैले नेताद्वय दुतावास छिर्नुलाई रिपाेर्टिङकाे संज्ञा समेत दिएका छन् ।

उनीहरुले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । स्रोतका अनुार ठाकुर र महतो केही समयअघि मात्रै दूतावास छिरेका हुन् । यसरी दिनभर नेताकाे दैलाे चाहारेर साँझ दूतावास जाने कामलाई के नाम दिने ?