प्रधानमन्त्रीले विश्वास गुमाएको पत्र पाए लगत्तै  राष्ट्रपतिले नयाँ सरकार गठनकाे आह्वान गर्ने

काठमाडाैं ।  प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास गुमाएको पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएपछि नयाँ सरकार गठनकाे कामकारबाहस् सुरू हुने भएकाे छ । नयाँ सरकार गठन गर्न राष्ट्रपति कार्यालय सकारात्मक रहेकाे बताइएकाे छ । पत्र  पाए लगत्तै  राष्ट्रपतिले नयाँ सरकार गठनकाे आह्वान गर्ने  भएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने सम्भावना छ। उक्त धारामा प्रतिनिधि सभामा कुनै एउटा दलको बहुमत नरहेको अवस्थामा दुई वा बढी दलको गठबन्धनमा नयाँ सरकार बन्न सक्ने व्यवस्था छ।  प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा भएको मतदानमा ९३ मत मात्रै प्राप्त गरेपछि उनी पदमुक्त भएका छन्। उनलाई प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्या २७१ को बहुमत अर्थात् १३६ मत आवश्यक थियो।

प्रधानमन्त्री पदमुक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति प्रकाशित गरी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।